3 years ago
April 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कञ्चनपुरका सन्दीप नाथ र कञ्चनपुरकै रामबहादुर थापाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा स्वर्ण जितेका छन् ।
कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले बाजुराका चिरञ्जीवि खड्कालाई पराजित गर्दै स्वर्ण जिते । पुरुषकै ५७ केजीमा अछामका रञ्जन भट्टलाई हराउँदै रामबहादुरले पहिलो स्थान हासिल गरे ।
पुरुषको ६३ केजी तौल समूहमा कञ्चनपुरका महेन्द्रकुमार चन्दले बाजुराका नेत्रकुमार तिरुवालाई हराउँदै काठमाडौंमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो नाम लेखाए । ६९ केजीमा कैलालीका भरत चन्दले कञ्चनपुरका नवीन जाग्रीलाई हराउँदै पहिलो स्थान हात पारे । ७५ केजीमा तौल समूहमा अछामका भूपेन्द्र बिसीलाई हराउँदै कैलालीका बालाजी रावलले स्वर्ण पक्का गरे । पुरुषकै ८१ केजी तौल समूहमा कैलालीका श्यामबहादुर महताले अछामका प्रेमबहादुर सावदलाई हराउँदै पहिलो स्थान हात पारे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा कञ्चनपुरकी सोनिया सेट्टीलेकैलालीकी ज्योति चौधरीलाई हराउँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन् । महिलाकै ५७ केजी तौल समूहमा कैलालीकी सञ्जिता चौधरीले कञ्चनपुरकै प्रतिमा शाहीलाई पराजित गर्दै पहिलो स्थान हात पारिन् ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सफल खेलाडीहरुलाई लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका संयोजक दिनेश सिंहलगायतले पुरस्कार प्रदान गरे । यसैगरी धनगढीमै भएको लुम्बिनी प्रदेशको छनोटअन्तर्गत पुरुष ५२ केजीमा बाँकेका धर्मवीर चिडीमार र दाङका सुरज ओलीले फाइनलमा स्थान बनाए ।
धर्मवीरले रोल्पाका महेन्द्रकुमार बुढामगर र सुरजले रुपन्देहीका अभिषेक वाइवालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरे । ५७ केजीमा बाँकेका विनोद चौधरीले रुपन्देहीका अमोदसिंह ठकुरी र रोल्पाका निशम घर्तीमगरले दाङका भरत पुन मगरलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । ६३ केजी तौल समूहमा पूर्वी रुकुमका गौतम पुनमगर र दाङका अनिल पुनमगरले फाइनलमा स्थान बनाए ।
गौतमले रुपन्देहीका गौतम चारु र अनिलले बाँकेका कृष्ण गुरुङलाई पराजित गरे । पुरुष ६९ केजीमा पाल्पाका असिम धिरेन श्रेष्ठ र दाङका विकास रानामगरले फाइनलमा स्थान बनाए । असिमले प्यूठानका दिल राज भण्डारी र विकासले रोल्पाका योगेश बुढामगरलाई पराजित गरे ।
महिलाको ५७ केजी तौल समूहमा रोल्पाकी सुशीला थापामगरले बाँकेकी सुजनकुमारी कुमाललाई पराजित गर्दै फाइनलमा स्थान बनाइन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]