default_image

3 years ago

April 5, 2022

बोधित र शिखालाई स्वर्ण

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोशी मल्टिपल क्याम्पसका बोधित डिसी र लिभरपुल कलेजकी शिखा सुवालले केबी साम ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसअन्तर्गत कलेजतर्फ मंगलबार स्वर्ण जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज सिंगल्स फाइनलमा बोधितले एभीएम कलेजका रुविन महर्जनलाई ३–१ ले पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिखाले खोप्व कलेजकी अन्जु सुवाललाई ३–० ले हराइन् ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा जारी प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा एभरेष्ट बोर्डिङका आर्यन शाहीले स्वर्ण जिते । उनले फाइनलमा प्रोक्सिमा एकेडेमीका नयन लउललाई ३–० ले पाखा लगाए ।

सो स्पर्धाको गल्र्स फाइनलमा एभीएमकी श्रेया शाक्यले एभीएमकै अर्सना महर्जनलाई ३–१ ले पन्छ्याउदै शीर्ष स्थान हात पारिन् । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा भइरहेको प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा एभीएमका एरिस शाक्य पहिलो भए । उनले फाइनलमा बृहस्पतिका सार्थक मानन्धरमाथि ३–१ को जित रचे ।

यु–१४ ब्वाइज सिंगल्स फाइनलमा गर्जी स्कुलका प्रिन्स थापाले एभीएमका एलेन महर्जनलाई ३–२ ले पराजित गर्दै पहिलो बने । यु–१६ ब्वाइज सिंगल्समा एभीएमका आयुश भारतीले एभीएमकै आयुश ताम्राकारलाई ३–० को सोझो सेटमा फाइनलमा हराउदै शीर्ष स्थानमा रहे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.