default_image

3 years ago

April 5, 2022

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड – बर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको सारथी अस्पतालको साथ पाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तेस्रो संस्करणमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको हो ।

अघिल्ला दुई संस्करणमा पनि सारथी अस्पतालले प्रायोजको रुपममा जोडिएको थियो । स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको बर्ष प्रशिक्षक विधालाई सारथीले प्रायोजन गरेको हो । अब यो विधाको नाम सारथी अस्पताल बर्ष प्रशिक्षक रहने छ ।

यो विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले हस्ताक्षर गरे ।

अवार्डमा सुरुदेखि जोडिएकोले यसपाली पनि विधा प्रायोजन गरेर सहकार्य गर्दै खेलकुद क्षेत्रलाई साथ दिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए । उनले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

धनगढीको मुख्य बजारस्थित प्रदेश सभा छेउमा सञ्चालनमा रहेको अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।अत्याधुनिक सबै प्रकारका स्वास्थ्य सेवा दिदै आएको सारथी अस्पतालकोे सिफारिसमा मुटुका विरामीहरुको निशुल्क शल्यक्रिया पनि भईरहेको छ । काठमाडौंको बाँसबारीमा रहेको मनमोहन कार्डियो भाष्कुलर सेन्टर थेरापीमा वडाको सिफारिसका साथमा धनगढीको सारथी अस्पतालको सिफारिस भएमा निशुल्क शल्यक्रिया गर्दै आएको छ ।

मुटुको भल्भ फेर्नुपर्ने विरामीहरुको डाक्टर भगवान कोईरालाको पहलमा निशुल्क शल्यक्रिया भईरहेको र यसबाट सुदुरपश्चिम क्षेत्रका मुटुरोगीहरु लाभान्विन भईरहेको सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशीले बताए ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन् ।

त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । बर्ष युवा खेलाडीलाई निर्ग अस्पताल र सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । यस्तै अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ ।

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.