3 years ago
April 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रभात बोर्डिङ स्कुलकी क्यारिना सुवाल र प्रोक्सिमाकी नर्वदा खाइटुले केबी साम ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् ।
गल्र्स सिंगल्सको यु–१४ मा क्यारिना र यु–१२ मा नर्वदा पहिलो भएका हुन् । केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१४ फाइनलमा क्यारिनाले आदर्श विद्या मन्दिर (एभीएम) की आश्मा पहारीलाई ३–० को सोझो सेटमा पराजित गरिन् ।
विजेश्वरी बोर्डिङ स्कुलकी अनामिका कस्ती र श्रृजना ज्ञान सागर स्कुलकी वर्षा अधिकारी संयुक्त रुपमा तेश्रो भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१२ को उपाधि भिडन्तमा नर्वदाले आवर होम बोर्डिङ स्कुलकी सुलेखा ठाकुरलाई ३–१ ले हराइन् ।
ज्ञान सागरकी विपिना थापा र प्रोक्सिमाकी प्रज्ञा भेले तेश्रो बने । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव कुलबहादुर थापा र केबी सामका अध्यक्ष कमलकुमार बेगानीले संयुक्त उद्घाटन गरे ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्ससहित विभिन्न ३४ स्पर्धामा ३ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । पुरुष-महिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५-१५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]