default_image

3 years ago

April 3, 2022

भुपेन्द्र पराजित, पुनमलाई पदक पक्का

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको फुकेटमा यहि अप्रिल १ देखि १० तारिखसम्म सञ्चालन भइरहेको थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपको आज भएको पुरुष ६३ केजी तौल समुहमा नेपालका भुपेन्द्र थापा भियतनामका भू ताहना दत्तसँग अंकको आधारमा पराजित भएका छन् ।

फाइल तस्विर

अब चार नेपाली महिला खेलाडीहरुको खेल बाँकी रहेको छ । पुनम रावल बाइ पाएर सेमिफाइनलमा प्रवेश गरी कास्य पदक पक्का गरेकी छन् । पुनमले अप्रिल ५ मा हुने सिंगापुर र फिलिपिन्सबीचको विजेतासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछिन् ।

महिला केजीमा नेपालकी सुस्मा तामाङ र इटालीकी रोबेरता बोनात्तीसंग अप्रिल ४ मा क्वाटरफाइनलको प्रतिष्पर्धा हुनेछ । महिला ५१ केजीमा नेपालकी मिनु गुरुङले पनि बाई पाएर क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । अप्रिल ५ मा मिनुको प्रतिस्पर्धा थाइल्यान्ड र भारतबीचको खेलको विजेतासंग हुनेछ ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.