3 years ago
April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशले १७औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाग्मतीले ९ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण र १ कांस्यसाथ नेपाल प्रहरी दोश्रो भयो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले ३ स्वर्ण, ४ रजत र ५ कांस्य हात पा¥यो ।
सिनियरको पुरुषमा लुम्बिनीका नवराज बस्नेत तथा महिलामा प्रहरीकी कञ्चन थापा उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा प्रदेश १ का सुशान्त थापा तथा महिलामा सुदूरपश्चिम प्रदेशकी गीता कठायत उत्कृष्ट खेलाडी चुनिए । कर्णाली प्रदेशले अनुशासित टिमको उपाधि हात पा¥यो । दु
ईदिने प्रतियोगिताको सिनियरमा १६ र जुनियरमा १० गरी २६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । २ सय ३७ खेलाडी सहभागी थिए ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]