3 years ago
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरकी अस्मिता दुवाल र रामेछापकी स्वस्तिका तिरुवाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो स्थान हात पारेका छन् ।
भक्तपुरको सानोठिमीमा शुक्रबार भएको महिला ५१ केजी तौल समूहको फाइनलमा अस्मिताले रोपिना रञ्जितकारलाई पराजित गरिन् । यसैगरी महिला ५७ केजी तौल समूहमा स्वस्तिकाले धादिङकी रितिका श्रेष्ठलाई पराजित गर्दै काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन् । महिलाकै ६० केजी तौल समूहमा धादिङकी शशिकला राईले रामेछापकी प्रसुना खत्रीलाई पराजित गर्दै पहिलो स्थान हात पारिन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा रामेछापका करण लोहारले फाइनलमा स्थान बनाए । सेमिफाइनल भिडन्तमा उनले धादिङका सुलभ डंगोललाई पराजित गरे ।
यही तौल समूहमा काठमाडौंका मार्सल गुरुङले पनि फाइनलमा स्थान बनाए । उनले नुवाकोटका आङपेम्वा शेर्पालाई पराजित गर्दै करणसँगको उपाधि भिडन्त पक्का गरे । पुरुष ७५ केजीमा काठमाडौंका अतुल्य भण्डारीले रसुवाका साहिल राईलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।
गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत नै प्रदेश १ को छनोट प्रतियोगितामा उदयपुरका नारायण भुजेल र झापाका धमेन्द्र राईले फाइनलमा स्थान बनाएका छन् । शुक्रबार भएको पुरुष ५२ केजी तौल समूहमा सुनसरीका पुनम राई र धमेन्द्रले सुनसरीकै सागर यादवलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।
पुरुषकै ५७ केजीमा झापाका भुगल लिम्बू र सिंहवीर लिम्बूले फाइनलमा स्थान बनाए । भुगलले झापाका सुरेन्द्र राई र सिंहवीरले उदयपुरका वसन्त राईलाई पराजित गरे । यसैगरी ६३ केजीमा झापाका टोविन प्रधानले सुनसरीका भुमिक थापा र उदयपुरका रोशन मगरले झापाका सुजन राईलाई पराजित गर्दै अन्तिम दुई स्थान पक्का गरे ।
यसैगरी महिलाको ५२ केजीमा सुनसरीकी कृतिका राई र झापाकी सुस्मिता श्रेष्ठले फाइनलमा स्थान बनाए । कृतिकाले उदयपुरकी मुस्कान तुलाधर र सुस्मिताले झापाकी अनिषा कुमाललाई पराजित गरे । महिलाकै ५७ केजीमा झापाकी सुस्मिता राईले झापाकै सुस्मिता लिम्बूलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरिन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]