3 years ago
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुरियो संघको आयोजनामा जारी नवौँ राष्ट्रिय गोजुरियो कराँते च्याम्पियनसिपको पहिलो दिन सम्पन्न क्याडेट काताको र्गल्स तर्फ सुविधा गौतम पहिलो तथा लक्ष्मी श्री दोस्रो भएका छन् ।
सो स्पर्धामामा अन्जना भण्डारी र खुसी कार्की तेस्रो भए । ब्वाइज तर्फ उमंग पाण्डे पहिलो तथा दिपसन सापकोटा दोस्रो भए । प्रिन्स दाहाल र धन रत्न बमजन तेस्रो भए ।
यसै गरी, ८ देखि ९ वर्षको व्वाइज स्पर्धामा कपिल सालु पहिलो, सम्भव गुरुङ दोस्रो तथा निसान सालु र रोहित विक तेस्रो भए । र्गल्स तर्फ प्रिन्सा अर्याल पहिलो तथा सुस्मीता डोङ दोस्रो भए । रेस्मा सोनी र दिपसना गुरुङ तेस्रो भए । ब्वाइजको १० देखि ११ वर्ष उमेर समूहमा सुदन साथी गोरे पहिलो लभसन कार्की दोस्रो तथा गगन तामाङ र प्रभु रिजाल तेस्रो भए ।
दुई दिने प्रतियोगितामा देशभरिका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता थियो । प्रतियोगिताको शुक्रवार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले उद्घघाटन गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]