3 years ago
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एनिज पिङपोङ क्लब, नेपालका चन्दन शाहीले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा चन्दनले इन्डियन मास्टर, भारतका हीरा गोस्वामीलाई ८–११, ११–६, ११–८ र ११–९ को सेटमा पराजित गरे । एनिजका रक्तचन्द्र मानन्धर र ललितपुरका निकेनमान प्रधान तेश्रो भए ।
विभिन्न ६ स्पर्धा समावेश प्रतियोगितामा ४ स्पर्धाको फाइनल सम्पन्न भइसकेको छ । बैंक अफ बरोडा, भारतले पुरुष÷महिला टिम इभेन्टमा स्वर्ण जितेको छ भने चन्दनसहित एनिजका राजन सुब्बाले भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण हात पारेका छन् । पुरुष÷महिला सिंगल्सको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिबार हुने छ ।
सम्झना ल्याबको प्रमुख प्रायोजनमा ललितपुर टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष सिंगल्समा नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र भर्चुएस, भारतका स्वार्नेन्दु चौधरी फाइनलमा प्रवेश गरे । श्यान्टुले बरोडाका श्रीकृष्ण अरुणाचलमलाई ११–९, १२–१४, ११–८, ११–६, ९–११ र ११–६ तथा स्वार्नेन्दुले बरोडाका नितिनलाई ११–७, ११–८, ११–९, ११–१३ र ११–८ को सेटमा हराए ।
साविक विजेता अंशुल गर्ग एकेडेमी (एजीए) का आदर्श ओम क्षेत्री क्वाटरफाइनलमै रोकिए । महिला सिंगल्सको सेमिफाइनलमा एजीएकी त्रिशा पौलले गाजियाबाद, भारतकी तनिशा मोलानीलाई ११–९, ११–५, ८–११, ११–९ र ११–२ तथा गाजियाबादकी अभानी त्रिपाठीले एजीएकी फिल्जाह फतिमालाई ४–११, १५–१३, २–११, १३–११, ११–९, ७–११ र ११–९ को सेटमा पाखा लगाउदै फाइनल भेट पक्का गरे ।
यो स्पर्धाकी डिफेन्डिङ च्याम्पियन बरोडाकी ममता प्रभु प्रतियोगितामा सहभागी भएपनि सिंगल्समा खेलिनन् । ममताले टिम इभेन्टमा मात्र प्रतिस्पर्धा गरिन् । त्यसमा ममताको टिमले स्वर्ण हात पा¥यो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]