3 years ago
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर कम्पिटिसन जेठ पहिलो साता आयोजना हुने भएको छ ।
आयोजक नेपाली सेनाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता जेठ ७ गते मुस्ताङको जोमसोममा हुने जानकारी गराएको छ ।
साहसिक खेलकुद अन्तर्गत क्लाईम्बिङ, दौड र साइक्लिङ समावेश ट्राई एडभेन्चरमा १५ नेपाली टोली र १० विदेशी राष्ट्रलाई आमन्त्रण गरिएको नेपाली सेनाका सेनानी तथा रेस डाइरेक्टर राजिब चन्दले जानकारी गराए ।
विदेशी टोलीको सहभागिताको लागि उनीहरुलाई आमन्त्रण गरिसकेको र २५ बैशाखसम्म कम्पिटिसनमा सहभागित जनाउने टोलीको छिनोफानो हुने बताए । विदेशी टोली पनि त्यहाँको मिलिटरी नै रहने सेनाले जानकारी गराएको छ ।
नेपालबाट सहभागी १५ टिमले छनोट प्रक्रियाको मापदण्ड पुरा हुनुपर्ने सेनाले जनाएको छ । रेस डाइरेक्टर चन्दले यसपटक महिला टिमको उलेख्य सहभागिताको आशा राखिएको बताए । एक टोलीमा दुई खेलाडी समावेश हुने प्रतियोगितामा सहभागी सबै टिमका खेलाडीले १ सय मिटरको क्लाईम्बिङ, ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरि कुल २०.२ किमीको दुरी पूरा गर्नु पर्नेछ ।
२ हजार ७ सय ८० फिटदेखि ३२ सयको उचाईमा आयोजना हुने प्रतियोगिताको पुरुषतर्फको विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै दोस्रोले २ लाख र तेस्रोले १ लाख प्राप्त गर्ने सेनाले जनाएको छ । महिलाको विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेस्रोले ५० हजार प्राप्त गर्ने छन् । सहभागी सबै टोलीलाई प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताका लागि शनिबारदेखि दर्ता प्रक्रिया खुला हुने सेनाले जनाएको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बैशाख २० गतेसम्म नाम दर्ता गर्न सकिनेछ ।
नेपाली सेनाले हरेक वर्ष एड्भेन्जर स्पोर्ट्सको दुई ठुला प्रतियोगिता गर्दै आईरहेको छ । सेनाले यस अघि दुईपटक राष्ट्रिय स्तरको प्रधानसेनापति हाई अल्टिच्यूड ट्राई एडभेन्चर आयोजना गरिसकेको छ । महासेनानी तथा सैनिक शारीरिक तथा तालिम केन्द्रका मुनाल बस्नेतको प्रतियोगिता आयोजनाको लागि आवश्यक बजेट नेपाली सेना व्यहोर्ने र प्रायोजकबाट उठाईने बताए । पत्रकार सम्मेलनमा प्रमुख सेनानी उज्वल केसीको पनि उपस्थिति रहेको थियो ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]