3 years ago
March 31, 2022
पोखरा (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट्स सुर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन १३औं सागको दोहोरो स्वर्ण विजेता एमेच्योर सुभाष तामाङले अग्रता कायमै राखेका छन् ।
हिमालयन गल्फ कोर्स पोखरामा पहिलो दिन २ अन्डर ६६ स्कोर जोडेका सुभाषले दोस्रो दिन बिहीबार १ ओभर ६९ स्कोरसाथ समग्रमा १ अन्डर १ सय ३५ स्कोर बनाउँदै आफ्नो अग्रता कायमै राखेका हुन् । उनले दोस्रो स्थानमा रहेका जयराम श्रेष्ठलाई १ स्ट्रोकले पछि पारेका छन् ।
जयरामले लगातार दोस्रो दिन इभन पार ६८ स्कोर बनाए । तेस्रो स्थानका धनबहादुर थापाले दोस्रो दिन १ ओभर ६९ स्कोर जोड्दै समग्रमा ४ ओभर १ सय ४० स्कोर जोडे । संजय लामा (६८) र निरज तामाङ (७०) समान ५ ओभर १ सय ४१ स्कोरसाथ संयुक्त चौथो स्थानमा छन् ।
भुवन नगरकोटी (७०) र स्थानिय एमेच्योर अजित विक ६ ओभर १ सय ४२ स्कोरका साथ संयुक्त छैटौं स्थानमा छन् । सुभाषले फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ स्कोर जोडे । उनले सुरुवाती दुइ होलमा बर्डी लेखाएपनि तेस्रो होलमा डबल बोगी खेपे । नवौं होलमा डबल बोगी खेपेका उनले १०औंं, १३औं र १७औं होलमा बर्डी लेखाए । उनले १२औं र १८औं होलमा बोगी खेपेका थिए ।
प्रोफेसनल गल्फर्स संघ नेपाल (एनपिजिए) को आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा भइरहेको प्रतियोगिता १ अप्रिलसम्म हुनेछ । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबार प्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।