default_image

3 years ago

March 30, 2022

अर्जेन्टिनी फरवार्ड डिबालाको आमा नेपालमा

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाका आमा एलिसिया डिबाला नेपाल आएकी छिन् । उनलाई काठमाडौं सानो भ¥याङ्मास्थित स्वस्तिश्री गुरुकुल आइवी वल्ड स्कुलले नेपाली संस्कृति झल्कने लाखे नाचसहित भव्य स्वागत गरेका छन् ।

उनको स्वागत कार्यक्रममा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार र विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, विद्यालयका शिक्षक तथा विद्यार्थीसँगै विद्यालयका फुटबल एम्वासडर अनिल गुरुङ, खेलकुद संयोजक राकेश कुमार राई, फुटबल प्रशिक्षक सनोज श्रेष्ठ र पुष्प विष्ट लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका विद्यार्थी तथा खेलाडीलाई खेलप्रति उत्साहित बनाउने ध्येयले खेलाडी पाउलो डिबालाको अटो ग्राफसहितको जर्सी उनकी आमाले विद्यालयलाई उपहार स्वरुप हस्तान्तरण गरिन् ।

अर्जेन्टिना तथा विश्वकै चर्चित तथा लोकप्रिय खेलाडी डिबाला हाल इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक खेल खेलिरहेका छन् । डिबालाकी आमा एलिसिया डिबालाले कुनै नै कुनै दिन डिबाला स्वस्तिश्री गुरुकुलमा उपस्थित हुने बताइन् । आमा डिबालालाई विद्यायलको तर्फबाट प्रवन्ध निर्देशक मिना महर्जन चित्रकारले खादा तथा मायाको चिनोे प्रदान गरिन् ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.