3 years ago
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवलपुरका आकाश राना गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् ।
पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् । यस तौल समूहमा पर्वतका ओमन गुरुङ र तनहुँका अनिश गुरुङले तेस्रो स्थान हात पारे ।
यसैगरी पुरुषकै कास्कीका सौगात कुमालले स्वर्ण जिते । उनले स्याङ्जाका विपिन भण्डारीलाई फाइनलमा हराए । स्याङ्जाका शंकर खनाल र नवलपुरका अनिष तामाङ तेस्रो भए । पुरुष ६३ केजीमा पर्वतका निश्चल गुरुङ पहिलो, कास्कीका सागर परियार दोस्रो र नवलपुरका सुनील पुन एवं बाग्लुङका निर्तिक गाहमगर तेस्रो भए ।
६९ केजीमा पर्वतका सुनील विकले स्वर्ण जिते । उनले फाइनलमा कास्कीका कुशल कुमाललाई पराजित गरे । नवलपुरका रामबहादुर गर्बुजा र स्याङ्जाका विवेक नेपाली तेस्रो भए ।
७५ केजीमा कास्कीका निशान गुरुङले मन गुरुङलाई पराजित गर्दै स्वर्ण जिते । ८१ केजीमा पर्वतका मनिष बिसी र ९१ केजीमुनिको तौल समूहमा पर्वतका किरण विक पहिलो भए । उनले कास्कीका आयुष थापालाई पाखा लगाए ।
यसैगरी महिलाको ५१ केजी तौल समूहमा पर्वतकी अस्मिता थापा, ५७ केजीमा पर्वतकै सीमा गुरुङ र ६० केजी तौल समूहमा पर्वतकै जेसिका श्रेष्ठले पहिलो स्थान हात पारे ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]