3 years ago
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी सन्जिव खड्का पुनः फिलिटको ब्रान्ड एम्वासडर नियुक्त भएका छन् ।
हाल अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका सन्जिवलाई फिलिट इन्टरनेसनलले पुनः १ वर्षको लागि ब्रान्ड एम्वासडरमा निरन्तरता दिएको हो । ब्याडमिन्टनको खेल साम्रगी उत्पादन गर्ने फिलिट मलेसियाको कम्पनी हो । उनको नयाँ सम्झौता २५ मार्च २०२२ बाट शुरु भए र २४ मार्च २०२३ मा सकिनेछ ।
पुनः ब्रान्डएम्वासडर बनेसँगै सन्जिवले यो एक वर्षसम्म फिलिटबाट उत्पादित खेल साम्रगी प्रयोग गर्नेछ । उनले कुनै पनि प्रतियोगितामा खेलाडी या प्रशिक्षकको रुपमा रहँदा फिलिटको सामग्री प्रयोग गर्नुपर्नेछ ।
हाल अष्ट्रेलियामा पनि खेलिरहेका उनी अहिले त्यहाँको वरीयताको नवौं स्थानमा रहेको छ । उनले नेपालमा रहँदा कैलाली जिल्लाबाट विभिन्न प्रतियोगिता खेल्दै आएका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।