3 years ago
March 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवलपुरका आकाश राना र कास्कीका सरोज गुरुङ गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् ।
मंगलबार पोखरामा सुरु भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा आकाशले पर्वतका ओमन गुरुङ र सरोजले तनहुँका अनिश गुरुङलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
यसैगरी पुरुष ५७ केजीमा स्याङ्जाका शंकर खनाल र कास्कीका सौगात कुमाल, ६३ केजीमा पर्वतका निश्चल गुरुङ र कास्कीका सागर परियार, ६९ केजीमा पर्वतका सुनील विक र कास्कीका कुशल कुमाल, ७५ केजीमा कास्कीका मन गुरुङ र निशान गुरुङ तथा ९१ केजीमुनिको तौल समूहमा पर्वतका किरण विक र कास्कीका आयुष थापा आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनलमा पुगेका छन् । पुरुषको ८१ केजीमा पर्वतका मनिष बिसी छनोट भएका छन् ।
यसैगरी महिलाको ५१ केजी तौल समूहमा पर्वतकी अस्मिता थापा, ५७ केजीमा पर्वतकै सीमा गुरुङ र ६० केजी तौल समूहमा पर्वतकै जेसिका श्रेष्ठ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोगमा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशस्तरीय प्रतियोयिगता आयोजना गरिएको हो ।
तेस्रो संस्करणको प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]