3 years ago
March 28, 2022
भक्तपुर (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला खेलकुद विकास समितिले चाँगुनारायण नगरपालिकासंग कार्यलय भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन अनुरोध गरेको छ ।
नगर प्रमुख सोमप्रसाद मिश्रलाई समितिका कार्यलय प्रमुख दुर्गाप्रसाद दुलालले नगरपालिकाको कार्यलयमा अनुरोध पत्र बुझाएका छन् ।समितिका निवर्तवान अध्यक्ष श्रीभक्त कासिछ्वाको पहलमा चाँगुनारायण नगरपालिका ५ बाँसवारीस्थित साझा सुविधा केन्द्रसँगै रहेको करिब ५ रोपनी सार्वजनिक जग्गा भक्तपुर जिल्ला खेलकुद विकास समितिको नाममा दर्ता रहने गरी जग्गा उपलब्ध गराउन माग गरिएको हो ।
पत्र हस्तान्तरण पश्चात नगर प्रमुख मिश्रले सकारात्मक रहेको र पत्रलाई आवश्यक प्रक्रियाका लागि अगाडि बढाउने बताए । ‘चाँगुनारायण नगरपालिका खेलकुदको विकास र विस्तारका लागि हातेमालो गर्न इच्छुक छ । हामीले एक वडा एक खेल मैदानको निति लिएर खेलकुदको विकासका लागि पूर्वाधार निर्माण गर्दै आएका छौं । अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला र कभर्डहल निर्माण प्रक्रियामा छ ।’ नगरप्रमुख मिश्रले भने ।
समितिका निवर्तमान अध्यक्ष कासिछ्वाले जग्गा उपलब्ध गराउन अनुरोध गर्दै यो आफु अध्यक्ष हुँदाको सपना नै रहेको बर्ता । समितिले माग गरेको जग्गा चाँगुनारायण नगरपालिका छेउ नगरकोट जाने मुख्य सडकमा रहेको छ । कार्यलय भवनका लागि अति उपयुक्त स्थानमा रहेको समितिका कार्यालय प्रमुख दुर्गाप्रसाद दुलालले जनाएका छन् ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]