3 years ago
March 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी गोपाल भण्डारीले ४३औं नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजतपदक जितेका छन् । अमेरिकाको भर्जिनियामा भएको च्याम्पियनसिपमा गोपालले ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जितेका हुन् ।
उनको समूहमा अमेरिकाका विभिन्न राज्यका नौ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गोपालले एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो डोजाङबाट प्रतिनिधित्व गर्दै रजत पदक जितेका हुन् । अमेरिकाकै पुरानो मानिने च्याम्पियनसिपमा एभरेष्ट र हिमालयन तेक्वान्दो डोजाङबाट नेपाली मुलका ५० जना खेलाडी, ६ जना रेफ्री र ७ जना प्रशिक्षक सहभागी भएका थिए ।
गोपालले गत साता अमेरिकाको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए । अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा विभिन्न देशका सात राष्ट्रका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।
हाल अमेरिकामै बस्दै आएका गोपाल आगामी जुलाई १ र २ तारिखमा आयोजना हुने अन्तर्राष्ट्रिय कुकिवान प्रेसिडेन्ट कपमा नेपालका तर्फबाट सहभागी हुँदैछन् । उक्त प्रतियोगितामा उनले अफिसियल रेफ्री जजको भूमिका पनि निर्वाह गर्ने छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]