default_image

3 years ago

March 28, 2022

हरियाणाकी निर्मल प्रधानमन्त्री कप भलिबलमा सर्वाेत्कृष्ट

122 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – भारतको हरियाणा स्पोर्टस् क्लबकी ओपन स्पाइकर निर्मल तनवर आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

हरियाणा स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन उनको प्रदर्शन उच्च रहेको थियो । सोमबार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हरियाणाले उपाधि जितेको थियो । सर्वाेत्कृष्ट बनेसँगै उनले २५ हजार रुपैयासहित ट्रफी हात पारिन् ।

हरियाणाकी रुक्सना उत्कृष्ट सेटर, हरियाणाकै न्यान्सी उत्कृष्ट ब्लकर, पुलिसकी कप्तान कमला पुन उत्कृष्ट सर्भर, आर्मीकी शान्ति कुमारी थारु उत्कृष्ट स्पाइकर, पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर चुनिइन् । पुलिसका प्रशिक्षक रुपेक विष्ट उत्कृष्ट प्रशिक्षक बने । व्यक्तिगत विधाका सबै उत्कृष्टले समान ५ हजार रुपैया र कप हात पारे ।

नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको फाइनलमा हरियाणाले नेपाल पुलिस क्लबलाई २६–२४, २५–२१ र २५–२३ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको छ । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गर्नेछ । तेस्रो भएको आर्मीले १ लाख रुपैया प्राप्त गरेको छ । चौथो भएको डायमन्डले ५० हजार रुपैया प्राप्त गरेको छ ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यसपटक एपिएफले सहभागिता जनाएन । १० चैतबाट शुरु भएको प्रतियोगितामा नेपालका ४ र भारतका दुईसहित ६ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

प्रतियोगिताको सर्वाेत्कृष्ट

सर्वाेत्कृष्ट – निर्मल (हरियाणा)

स्पाइकर – शान्ति कुमारी थारु (आर्मी)

सेटर – रुक्सना (हरियाणा)

ब्लकर – न्यान्सी (हरियाणा)

सर्भर – कमला पुन (पुलिस)

लिवेरो – शान्तिकला तामाङ (पुलिस)

प्रशिक्षक – रुपेश विष्ट (पुलिस)

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.