3 years ago
March 28, 2022
नेपालगन्ज (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि सोझो सेटमा जित निकाल्दै विभागीय त्रिभुवन आर्मी क्लब आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।
नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको खेलमा आर्मीले डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।डायमन्डले बिर्सनलायक प्रदर्शन गर्दा पहिलो सेट आर्मीले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । सुरुवातमै पछि परेको डायमन्डले खेललाई १९–२१ को स्थितिमा ल्याएपनि खेलमा फर्कन सकेन । त्यसपछि आर्मीले लगातार अंक जोड्दै जित निकाल्न सफल भयो ।
दोस्रो सेटमा पनि डायमन्डले सोही कमजोर प्रदर्शनलाई निरन्तरता दिदा आर्मीले २५–८ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो । एक समय ३–५ को अवस्थामा रहेको डायमन्डले त्यसपछि ४ अंक जोड्दा आर्मीले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
तेस्रो सेटमा सुधारिएको खेल पस्कदै अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा डायमन्डले आर्मीलाई २४–२६ ले नतिजा सुम्पियो । आर्मीले तेस्रो सेटमा २२–२२ को बराबरीबाट दुई पटक सेट प्वाइन्ट लिदै जित निकाल्न सफल भयो । आर्मीकी स्पाइकर शान्ति कुमारी थारु प्लेयर अफ दि म्याच भइन् ।
यो सँगै आर्मीले डायमन्डलाई लिग चरण र नकआउट चरण दुवैमा पराजित गर्द सफल भयो । तेस्रो भएको आर्मीले १ लाख रुपैया प्राप्त गरेको छ । चौथो भएको डायमन्डले ५० हजार रुपैया प्राप्त गरेको छ ।
विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यस संस्करण भने एपीएफले भाग लिएको छैन ।
प्रतियोगिताको उपाधिका लागि भारतको हरियाणा स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच केहीवेरमा प्रतिस्पर्धा हुँदैछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]