default_image

8 years ago

December 4, 2016

ब्याडमिन्टनका अम्पायर अर्याल बंगलादेश प्रस्थान

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका बिएसी अम्पायर उदय अर्याल योनेक्स सनराईज बंगलादेश इन्टरनेशनल च्यालेन्जमा निर्णायकको भूमिका निर्वाह गर्न आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । प्रतियोगिता मंगलबारदेखि सुरु भई पाँच दिन सम्म चल्नेछ । aryal-1

अर्याल दुई दशकदेखि निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । सन् १९९५ मा म्यानमारमा भएको ब्याडमिन्टन प्रतियोगिताबाट उनले अन्तराष्ट्रिय निर्णायकको भूमिकाको सुरुवात गरेका थिए । उनीे दक्षिण एसियाली खेलकुद (साग), इन्टरनेशनल ग्रान्ड प्रि गोल्ड, इन्टरनेशनल सिरिज, इन्टरनेशनल च्यालेन्ज र जुनियर एसियन च्याम्पियनसिपमा निर्णायक रहि सकेका छन् । नेपालमा २००५ यता भएका सबै अन्तराष्ट्रिय सिरिजमा पनि उनले निर्णायक भूमिका निर्वाह गरिसकेका छन् । राष्ट्रिय प्रतियोगितामा सहायक रेफ्रि तथा क्षेत्रीय प्रतियोगिताहरुमा रेफ्रिको भूमिका निर्वाह गरि रहेका अर्याल २०४४ साल देखि ब्याडमिन्टनमा आबद्ध छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.