default_image

3 years ago

March 27, 2022

पुर्व टेवलटेनिस च्याम्पियन दिपले अमेरिकामा प्रशिक्षण दिने

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पुर्व च्याम्पियन तथा नेपाल नम्बर एक टेबलटेनिस खेलाडी दीप साउनले अमेरिकामा प्रशिक्षण दिने भएका छन् । दीपले क्यालिफोर्नियास्थित टेबलटेनिस अमेरिका क्लबमा स्टेल लेभल प्रशिक्षकको रुपमा प्रशिक्षण दिने भएका हुन् ।

उनले आइतबार क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । टेबलटेनिस अमेरिकाका प्रमुख कार्यकारी अधिकृत हाइलोङ सेन र दीपले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । उनको सम्झौता ११ अप्रिलबाट लागु हुनेछ । प्रशिक्षण भने १५ अप्रिलबाट शुुरु हुने बताइएको छ । त्यसका लागि उनले अमेरिका जाने तयारी गरिरहेका छन् ।

‘मलाई व्यक्तिगत रुपमा प्रशिक्षणका लागि प्रस्ताव आएको थियो । त्यसलाई मैले स्वीकार गरेको हँु । राम्रै रकमको प्रस्ताव छ । यो हाम्रो लागि राम्रै हो ।’ दीपले भने । दीपको टेबलटेनिस अमेरिका क्लबसँगको आबद्धतासँगै नेपालका अन्य खेलाडीका लागि पनि बाटो खुलेको बताए ।

दीपले सन् २०१८ देखि २०२१ सम्म फ्रिमोन्ट टेवलटेनिस एकेडेमीमा प्रशिक्षण दिएका थिए । उनी नौ महिनाअघि मात्र नेपाल फर्किएका थिए । नेपाल आएपछि उनले गत पुसमा भएको नेपाल एपिएम खुला टेवलटेनिस प्रतियोगिताको च्याम्पियन बनेका थिए । पुसमै दाङमा भएको खुम बहादुर खड्का स्कृति कप राष्ट्रिय टेवलटेनिस प्रतियोगितामा भने तेस्रो भएका थिए । उन ि२०६८ र २०७० को राष्ट्रिय च्याम्पियनसमेत हुन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.