3 years ago
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आईएफकेका अनिल बराम र एपीएफकी दीपा शाही श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
नाथेश्वर आईएफके क्योकुसिन कराते डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि फाइनलमा अनिलले आईकेकेएफका थमप्रसाद खड्कालाई पराजित गरे । क्योकुसिनकानका विश्व लामा तेश्रो र मोशेष कुमाल चौथो भए ।
ललितपुरको मंगलबजारमा भएको प्रतियोगिताको महिला ४५ केजीमुनि फाइनलमा दीपाले सो क्योकुसिनकी एलिना बमजनलाई हराइन् । पाकोकी सलोनी नगरकोटी तेश्रो र ज्यासमिन दंगाल चौथो स्थानमा रहे । पुरुष÷महिला दुवैमा शीर्ष चार स्थानमा रहने क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए ।
विजेतालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्मा, आईएफकेका ब्रान्च चिफ गणेशललाल कक्षपति, आयोजकका अध्यक्ष सुजन देउलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको ललितपुर महानगरपालिकाकी उप मेयर गीता सत्यालले उद्घाटन गरेकी थिइन् ।
प्रतियोगिता १६ पुरुष र ९ महिला गरी २५ खेलाडी सहभागी थिए । पुरुष-महिलामा १–१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । समापनका अवसर खेलाडीहरु भुपेश शाक्य, महेश केसी र सञ्जय राईलाई सम्मान गरिएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]