3 years ago
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आउदो शनिबार काठमाडौंको बसन्तपुर डबलीमा प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप आयोजना हुने भएको छ ।
आयोजक संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप चैत १९ गते शनिबार हुने जानकारी गराएको हो । बसन्तपुरमा हुने प्रतियोगिताको लागि काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सहयोग रहेको छ । प्रतियोगिताका लागि करिब १५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।
च्याम्पियनसिपमा नुवाकोटे टाईगर, चटान, डेभिड, साईन, टुप्पी ग्याङ, लेडी एन्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ श्याडी, स्पाइंडर म्यान लगायत महिला तथा पुरुष खेलाडीहरुको प्रतिस्पर्धा रहनेछ ।
प्रतियोगितामा हेभी वेंट च्याम्पियनले १ लाख ५ हजार रुपैया, हाडकोर च्याम्पियनले ८५ हजार, मिडल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनले ९५ हजार, लाईट वेट फिमेल च्याम्पियनले ६५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]