3 years ago
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेशनल किक बक्सिङ एसोसिएसन नेपालको आयोजनामा अर्काे साता मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा २० देखि २४ चैतमा हुने छ । यस प्रतियोगिताले देशको विभिन्न कुनाकाप्चामा छरिएर रहेका प्रतिभावान प्रतिभालाई प्रस्फुटन गराउन अवसर प्रदान गरिने विश्वास लिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरि १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा फुलकन्ट्याक (पुरुष) तथा के वान लो किक अन्तरगत ५१, ५४, ५७, ६०, ६३, ६६, ६९, ७३ केजीमुनि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । फुलकन्ट्याक महिलातर्फ ४५, ५१, ५४,५७ केजीमुनि र खुल्ला तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।
स्कोरिङ फाईट पुरुषतर्फ ४७, ५२, ५७, ६३, ७० केजीमुनि र खुल्ला तौल समुह तथा महिलामा ४७, ५२, ५७, ६३ केजी मुनि र ६३ केजीर खुल्ला तौल समुहमा हुनेछ ।
लाईट कन्टयान्ट पुरुषतर्फ ५१, ५४, ५६, ६०, ६३, ६७ केजी र खुल्ला तौल समुहमा तथा महिलामा ४५, ४८, ५१, ५४, ५६, ६० केजी र खुल्ला तौल समुहमा प्रतिस्पर्धा हुनेछ । सबैमा गरेर कुल ३ सय ४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अनुमासनत बजे १० लाख ५० हजार बढी रहेको छ ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]