default_image

2 years ago

March 27, 2022

मुम्बईमाथि दिल्लीको सानदार जित

149 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

१ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा मध्यक्रमका ब्याटर ललित यादव ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४८ रनमा अविजित रहे । अक्षर पटेल १७ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहे ।

सातौं विकेटका लागि ललित र अक्षर पटेलले ३० बलमा ७५ रनको अविजित उत्कृष्ट साझेदारी गर्दै जितको आधार तय गरे । अक्षर पटेलले १७ औं ओभरको पहिलो बलमा ब्यक्गित १५ रनमा जीवनदान पाएका थिए । बासिल थाम्पीको बलमा लङअनमा टिम डेविडले क्याच ड्रप गरेका थिए । जुन मुम्बईलाई भारी पर्यो ।

ओपनर पृथ्वी शा २४ बलमा ४ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । अर्का ओपनर टिम सिफर्ट १४ बलमा ४ चौकासहित २१ रनमा स्पिनर मुरुगन आश्विनको बलमा बोल्ड आउट भए । मन्दीप सिंह र रोभम्यान पावेलले खाता खोल्न सकेनन् । कप्तान ऋषभ पन्त १ रन र शार्दुल ठाकुर २२ रनमा आउट भए ।

मुम्बईका तीव्र गतिका बलर बासिल थाम्पीले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । स्पिनर मुरुगन आश्विनले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । टाइमल मिल्सको स्थानमा १ विकेट रह्यो ।

त्यसअघि ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशनले ४८ बलमा ११ चौका र २ छक्कासहित ८१ रनमा अविजित रहे ।

कप्तान रोहित शर्मा ३२ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । रोहित स्पिनर कुलदीप यादवको बलमा रोभम्यान पावेलबाट क्याच भए ।

कुलदीपले नै अनोमलप्रीत सिंहलाई ८ र काइरन पोलार्डलाई ३ रनमा क्याच गराए । तिलक बर्मा १५ बलमा ३ चौकासहित २२ रनमा आउट भए । टिम डेविड ८ बलमा १ छक्कासहित १२ रनमा अविजित रहे । दिल्लीका कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । खलिल अहमदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

दिल्लीले अव शनिबार गुजरात टाइटन्ससँग खेल्नेछ । मुम्बईले शनिबार राजस्थान रोयल्ससँग खेल्नेछ । आजको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

July 3, 2024

राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । संघले साउन पहिलो सातादेखि माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै संघले एभरेस्ट भलिबल […]

July 1, 2024

अस्ट्रेलियामा मानबहादुर सर्वाेत्कृष्ट, टेकलाई दुई अवार्ड

मेलबर्न – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ग्लोबल मिट कप २०२४’ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नीलाई ग्लोबल मिट कप २०२४’ मा मानबहादुरकै अलराउन्ड प्रदर्शनमा म्याग्दी काली अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै मान बहादुरले १ सय […]

July 1, 2024

म्याग्दी काली र छन्त्याललाई भलिबल उपाधि

मेलबर्न – म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नी र छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) ले अस्ट्रेलियाको मेलबर्नमा भएको सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ को उपाधि जितेको छ । म्याग्दी काली खुल्ला पुरुषमा तथा सिपिए ३५ वर्षमाथिको विधामा पहिलो भएका हुन् । मेलबर्नस्थित डारेविन कम्युनिटी स्टेडियमको कभर्डहलमा आइतबार भएको एक दिने प्रतियोगितामा खुल्ला […]

Success

Thank you for your time.