3 years ago
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा हुने पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगितालाई सम्झना ल्याब्रोटरी क्लिनिक (एसएलसी) मुख्य प्रायोजक बनेको छ ।
चैत २४ देखि २६ सम्म सातदोबाटोमा हुने प्रतियोगिताको लागि आइतबार आयोजकले सम्झनासँग मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको छ । सम्झौतामा सम्झना ल्याब्रोटरी क्लिनिक (एसएलसी) की निर्देशन रजना श्रेष्ठ जोशी र प्रतियोगिताको संयोजक रवि महर्जनले हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।
प्रतियोगितामा सम्झना ल्याबको मुख्य प्रायोजको रुपमा रहेको छ । सम्झनासँग आयोजकले आइतबार सम्झौता गरेको छ । सम्झौता अनुसार सम्झना ल्यावले १० लाख रुपैयाको प्रायोजन गरेको छ । जसमा ८ लाख ५ हजार रुपैयाँ नगद तथा प्रतियोगितामा सहभागी खेलाडीको प्रारम्भिक जाँच र अन्य स्वास्थ्य सामाग्रीमा बाँकी रकम हुनेछ ।
१९औं एसियाली खेलकुदको प्रारम्भिक तयारीको रुपमा हेरिएको प्रतियोगितालाई २४ देखि २६ चैतसम्म हुने आयोजकले जनाएको छ ।प्रतियोगितालाई नेपाल कराते महासंघबाट स्वीकृति प्राप्त भइसकेको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) गरि १० टोलीको सहमागिता रहनेछ ।
प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा गरि महिला १ सय र पुरुष १ सय १० खेलाडीले २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछ । हरेक टोलीले २ जना प्रशिक्षक र १ जना व्यवस्थापक राख्न पाउनेछ ।
१९औं एसियन गेम्स अघि अन्य कुनै प्रतियोगिता नभएको अवस्थामा यसै प्रतियोगिताको आधारमा खेलाडी छनोट गरिने नेपाल कराते महासंघका कार्यवहाक अध्यक्ष दावा गुरुङले जानकारी गराए । उनका अनुसार हरेक तौल समूहमा चार खेलाडी राखिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि ४७ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । टिम च्याम्पियनलाई उपाधिसहित १ लाख रुपैयाँ प्रदान गरिनेछ । दोस्रो हुनेले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै महिला र पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैया र कप प्रदान गरिनेछ । यातायात खर्च आयोजकले बेहोर्नेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]