default_image

3 years ago

March 27, 2022

भलिबलका राष्ट्रिय खेलाडी सम्मानित

131 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले सुदूरपश्चिमका पुरुष राष्ट्रिय भलिबल टोलीका खेलाडीलाई सम्माजित गरेका छन् ।

कैलालीको धनगढीमा भएको शनिबार सम्पन्न भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन दौरान सुदूरपश्चिमका पुर्व तथा वर्तमान ८ राष्ट्रिय खेलाडीलाई सम्मानपत्रले सम्मानित गरिएको हो ।

सम्मानित हुने खेलाडीमा नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत शाहसहित राजेन्द्र बिष्ट, भैरव बहादुर बम, विशाल बहादुर विक, विनोद चन्द, टेकराज अवस्थी, रविन चन्द र दीपक राज जोशी रहेका छन् ।

धनगढी रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

सुदूरपश्चिम खेलकुद विकास परिषद्को आयोजनामा चैत ७ गतेदेखि सुरु भएको प्रतियोगितामा ६ प्रदेश र ३ विभाग गरि ९ टोलीको सहभागिता रहेको थियो ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.