3 years ago
March 26, 2022
ललितपुर (हाम्रो खेलकुद) – ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८–४ गोलले पराजित गर्दै बागमतीले उपाधि जितेको हो ।
कुमारिपाटीस्थित निरभाना स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टीम सहभागी थिए।
पत्रकार महासंघ ललितपुरको ३०औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको खेलकु मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरे। उद्घाटनमा मन्त्री गहतराजले जनप्रतिनिधिले गर्नु पर्ने कार्यक्रम महासंघले गरेको आभार व्यक्त गरे। जनप्रतिनिधि र पत्रकारबिच हुने प्रतियोगिताले सम्बन्ध थप मजवुद हुने मन्त्रीको भनाई छ।
महालक्ष्मी नगरपालिकाका १ का वडाध्यक्ष नन्दप्रसाद न्यौपानेले प्रतियोगिता राखेकोमा खुसी लागेर सहभागिता जनाएको बताए । ‘स्थानीय तहका जनप्रतिनिधिसँग जोडिने गरी यो प्रतियोगिता हुनु खुसीको कुरा हो ।’ न्यौपानेले भने, ‘यसता कार्यक्रमले समग्र खेल क्षेत्रमै महत्त्वपूर्ण योगदान पुग्छ।’
महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रतियोगिताले पत्रकार र जनप्रतिनिधिबिच सम्बन्ध बिस्तार त हुन्छ नै सधैं काम गर्ने जनप्रतिनिधि र पत्रकारलाई खेलसँग पनि जोडेको बताए। विदाइ हुँदै गरेका जनप्रतिनिधिसँग सम्झिरहने माध्यम पनि बन्ने अध्यक्ष न्यौपानेको विश्वास छ।
प्रतियोगितामा ललितपुर महानगरपालिका बागमति गाउँपालिका, महांकाल गाउँपालिका, कोन्ज्योसो गाउँपालिका, गोदावरी नगरपालिका र पत्रकार महासंघ ललितपुरका गरी ८ टिम सहभागी थिए।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]