3 years ago
March 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जितेका छन् ।
पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाईभ लिजर पार्कका बिश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१ र २१–१२ को अन्तरमा पराजित गर्दै उपािध उचालेका हुन् । पुलिसका जीवन आचार्य र बिष्णु कटुवाल तेस्रो भए ।
भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला एकलतर्फ राष्ट्रिय च्याम्पियन तथा बिश्व जुनियर युगल तर्फ उच्च ७ मा रहेकी सेनाकी रशिला महर्जनले सेनाकै अनुमाया राईलाई २१–९ र २१–१९ ले पराजित गर्दै उपाधि जितिन् । सेनाकी अमिता गिरी र पुलिसकी निता लम्साल तेस्रो भइन् ।
नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा भएको च्याम्पियनसिपको पुरुष युगलतर्फ सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले बाजी मारे । उक्त जोडीले कास्कीका भुगोल गुरुङ र बिधान अधिकारीको जोडीलाई २१–१७ र २१–१३ ले पराजित गरे । एपिएफका दिपेश धामी र बिजित थापा मगर तथा १६ फिदरका क्षितिज खनाल र सुजन थापाको जोडी तेस्रो भए ।
लिवालिस्थित कभर्डहलमा यु–१५ छात्रा एकलतर्फ बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईले काठमाडौ ब्याडमिन्टन एकेडेमी (केविए) की एञ्जेल लिम्बुलाई २१–१४ र २१–१४ ले पराजित गर्दै पहिलो भइन् । सेनाकी रोज पाण्डे र १६ फिदरकी रिहाना शेरचन तेस्रो भइन् । छात्र एकलतर्फ सिल्क ग्रुपका कबिर केसीले एनआरएनका शाहिल चन्द २१–१५ र २१–१६ ले हराएर स्वर्ण जिते । कपिलबस्तुका रोहित बराल र अभय महरा तेस्रो भए ।
मास्टर्स युगल ४५ तर्फ कास्कीका नरबहादुर गुरुङ र शम्भु श्रेष्ठको जोडीले गठ्ठाघर स्पोर्टस् क्बलका पूर्णहरि होना र संजीव कपालीको जोडीलाई २१–१५ र २१–१७ ले पराजित गर्दै स्वर्ण हात पारे । जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठ तथा चन्द्रागिरीका राम केसी र हरि खत्रीको जोडी तेस्रो भए ।
बिजयी खेलाडीहरुलाई संघिय सांसद प्रेम सुवाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपमेयर रजनी जोशी लगायतले पुरस्कृत गरे ।
च्याम्पियनसिपमा यु–१५ पुरुष-महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । पुरुष-महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पारे । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
चारदिने च्याम्पियनसिपमा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी, पुलिस र एपीएफ) बाट २ सय खेलाडीको सहभागिता रहेको थियो ।
March 17, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ । समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा वन स्टेप […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]