3 years ago
March 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुडो संघको आयोजनामा रेफ्री, कोच तथा एडुकेसन सेमिनार त्रिपुरेश्वरको जगन्नाथस्थित नेपाली सेनाको राष्ट्रिय क्याडेट एकेडेमीमा शनिबार सम्पन्न भएको छ ।
सेमिनारमा विभिन्न २० जिल्ला र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका ५० जनाको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) को परिवर्तित नयाँ नियमलगायतका बारे जानकारी गराउन सेमिनार आयोजना गरिएको हो । सहभागीले आ–आफ्नो कार्य क्षेत्रमा आफूले आर्जन गरेको ज्ञान अन्यलाई सिकाउनु पर्ने अध्यक्ष वज्राचार्यले बताए ।
एकदिने सेमिनारमा जुडोका प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जित, स्पोर्ट्स डाइरेक्टरद्वय सुप्रसिद्ध ताम्राकार र राजीव प्रधानले नयाँ नियमलगायतका बारे जानकारी गराएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]