3 years ago
March 26, 2022
हेटौंडा (हाम्रो खेलकुद) – फिडे मास्टर क्षितिज भण्डारीले हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताका सात खेलमा पाँचमा जित तथा दुईमा बराबरी गरेका क्षितिजले ६ अंक बनाउदै च्याम्पियन बनेको हो ।
उपाधिसँगै क्षितिजले नगद ५० हजार रुपैंया समेत प्राप्त गरे । पाचौं तथा सातौं चरणमा क्रमशः झापाका प्रकाश नेपाल र फिडेमास्टर मनिष हमालसँग बराबरीको नतीजा आत्मसात गरेका क्षितीजले छैटौं चरणमा फिडेमास्टर रुपेश जयसवालमाथि जित हात पारेका थिए ।
झापाका प्रकाश र धनकुटाका सुमन श्रेष्ठलाई टाईब्रेकरमा पछि पार्न सफल भएका क्यान्डिडेट मास्टर कृष्ण थापाले दोश्रो हुँदै २५ हजार नगद हात पारे । समान ५ दशमलब ५ अंक बनाएका प्रकाश तेश्रो र सुमन चौथो स्थानमा रहँदै क्रमशः १५ हजार र १० हजार नगद हात पार्न सफल रहे । फिडेमास्टर मनिष हमाल सात खेलबाट पाँच अंक बनाउँदै पाचौं स्थानमा रहेर १० हजार नगद प्राप्त गरे ।
त्यसैगरी समान पाँच अंक बनाएका फिडेमास्टर रुपेश जयसवाल, झापाका राजन सुवेदी र प्युठानका श्रीकृष्ण श्रेष्ठ क्रमशः छैटौं, सातौं र आठौं हुँदै सात–सात हजार नगद हासिल गरे ।
समान ४ दशमलब ५ अंक बनाएका झापाका सुश्रुत दाहाल नवौं र दोलखाका आशिष फुँयाल दशौं हुँदै सात–सात हजार नगद प्राप्त गरे । समान ४ दशमलब ५ अंक बनाउँदै धनुषाका शुसील चौधरी, तीनपटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, चितवनका सन्तोष गौतम, काठमाडौका पुरुषोतम सिलवाल र बाराका निर्मल सापकोटा क्रमशः एघारौं देखि पन्ध्रौं स्थानमा रही पाँच–पाँच हजार नगद हासिल गर्न सफल भए ।
पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दीरा जोशी महिला खेलाडी मध्ये अब्बल हुँदै नगद ५ हजार प्राप्त गरिन भने रामेछापका बिमल सुवेदी अनरेटेडतर्फ पहिलो हुँदै ५ हजार नगद हात पारे । त्यसैगरी काठमाडौका विजय टमाटा, रुपन्देहीका चमन गाहा मगर, चितवनका जुनानाथ सापकोटा र मकवानपुरका बलराम संजेल रेटिङ क्याटागोरीतर्फ पहिलो हुँदै समान ५ हजार पाए ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका संगठन विभाग प्रमुख दिपेन्द्र दाहाल लगायतले पुरस्कार वितरण गरे । हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा सम्पन्न दुई दिने प्रतियोगितामा विभिन्न जिल्लाका ३ महिला समेत ५२ जना खेलाडीको सहभागीता रहेको थियो ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]