3 years ago
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लैनचौर डोजोका रेहान जाभेद र देउराली डोजोकी कञ्चन नेपालीले पाँचौं जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
एकल काताको पुरुषमा रेहान र महिलामा कञ्चन पहिलो भएका हुन् । फाइनलमा रेहानले घण्टाघर डोजोका सन्दिप राई तथा कञ्चनले घण्टाघरकै सुवेक्षा आले मगरलाई पछि पारे ।
नेपाल सितोरियो कराते डो संघ, छाउनी शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा भक्तपुर डोजोका सुमन सुवेदी, ३० केजीमा देउरालीका अनिल रोका, ३५ केजीमा देउरालीका इरफान वेस्ता, ४० केजीमा देउरालीका चेत मगर, ४५ केजीमा घण्टाघरका अनिश राना मगर र ५० केजीमा देउरालीका करन थारु पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला ५० केजीमा देउरालीकी श्रृजन नेपालले स्वर्ण जितिन् । प्रतियोगिताको हामा स्टिल्स कम्पनीका अध्यक्ष बालाकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २ सय २२ पुरुष र १ सय २२ महिला खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
पुरुष-महिलामा ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक डोजोका अध्यक्ष महेश रन्जितले जनाएका छन् । टिम प्रथमले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडी, प्रशिक्षक र रेफ्रीलाई १ थान माउन्टेन बाइक प्रदान गरिने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]