3 years ago
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं युरो स्कुल-युरो किड्स, गोंगबुले पूर्व धावक बैकुण्ठ मानन्धरलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । युरोको वार्षिक खेलकुद दिवसको समापन अवसरमा मानन्धरलाई सम्मान गरिएको हो ।
युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । मानन्धर दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
उनले म्याराथनमा स्वर्ण जितेका थिए । भारतमा १९८७ मा भएको तेश्रो सागमा मानन्धरले बनाएको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि कायम छ । चार फरक संस्करणको ओलम्पिकमा सहभागिता जनाइसकेका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।
पाँचदिने खेलकुद दिवसको समापनमा मानन्धरले विभिन्न खेलका पदक विजेतालाई पनि पुरस्कृत गरे । खेलकुद दिवसमा ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल, फुटबल र एथलेटिकसको प्रतिस्पर्धा भएको थियो । पौराणिक खेलको जर्गेना गर्ने उद्देश्यले बाघचाल, गट्टा, चुङ्गी र ढ्याक खेलको पनि प्रतिस्पर्धा गराइएको अध्यक्ष पाण्डेले जानकारी गराए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]