3 years ago
March 25, 2022
धनगढी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि लागि भिड्ने भएका छन् ।
शुक्रबार बिहान भएका सेमिफाइनलका खेलमा जित हासिल गर्दै दुबै टोली फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा आर्मीले अर्को विभागिय टोली नेपाल एपीएफ क्लबलाई ३–१ को सेटले पराजित गर्दै उपाधिनजिक पुग्यो ।
पहिलो र दोस्रो सेट २५–२१ र २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो । आर्मीका मानबहादुर श्रेष्ठ म्यान अफ द म्याच भए ।
शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पहिलो र दोस्रो सेट २५–१६ र २५–१९ ले सहजै जितेको पुलिसले त्यसपछिको दुवै सेट २२–२५ र २३–२५ ले गुमाउन पुगेको थियो ।
तर, निर्णायक तथा पाँचौ सेट १५–१२ ले जित्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो । पुलिस क्लबका रविन चन्द खेलको म्यान अफ द म्याच भए ।
फाइनल शनिबार बिहान ९ बजे हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ४ लाख, उपविजेताले २ लाख, तेस्रो हुने टोलीले १ लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]