8 years ago
December 4, 2016
दिपेश तिमल्सिना (काठमाडौं)- इन्टरनेटको पहुच हिजआज सरल भएको छ । कम्प्युटरमा मात्र होइन मोबाइल टेलिभिजनमा समेत इन्टरनेट चलाउन सहज भैसकेको छ । इन्टरनेटमा खेलाडी र कलाकारका बारेमा बढी खोजी हुने गर्छ । नेपाली खेलप्रेमी पनि यसबाट अछुतो छैनन् । आफुलाई मन पर्ने खेलाडीका बारेमा गुगलमा खोज्ने गर्दछन् । हेरौ गुगलमा सर्वाधिक खोजी हुने ५ नेपाली खेलाडी कोको हुन् ?
१) गौरिका सिंह: नेपाललाई दक्षिण एसियाली खेलकुद (साग) मा व्यक्तिगत स्पर्धामा पदक जिताउने पहिलो खेलाडी गौरिका इन्टरनेटमा सर्वाधिक खोजिने नेपाली खेलाडी हुन् । उनको खोजी अगस्त महिनामा मात्र २ लाख १ हजार पटक गरिएको थियो । रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी गौरिका औसतमा मासिक १८ हजार १ सय पटक खोजिएकी थिइन् ।
२) बिमल घर्तीमगर: नेपाली राष्ट्रिय टोलीका युवा र स्ट्राइकर बिमल घर्तीमगर औसतमा एक महिनामा २४ सय पटक खोजिन्छन् । पछिल्लो एक बर्षमा उनी सबैभन्दा बढी गुगलमा खोजिने दोस्रो नेपाली खेलाडी हुन् । पछिल्लो मे महिनामा उनी सबैभन्दा बढी १२ हजार १ सय पटक खोजीमा परेका थिए ।
३) पारस खड्का: नेपाली क्रिकेटमा पछिल्लो एकदशक सबैभन्दा चर्चामा रहेका खेलाडी हुन्, पारस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस औसतमा मासिक १६ सय पटक खोजिन्छन् । पछिल्लो एक बर्षमा अप्रिल महिनामा मात्र उनी २९ सय पटक खोजिएका थिए ।
४) सिपोरा गुरुङ: कलाकार समेत रहेकी भलिबल सुन्दरी सिपोरामा चासो नखाख्ने कमै खेलप्रेमी होलान् । सानै उमेरमा नेपालका लागि साग खेलेकी सिपोरालाई गुगलमा मासिक औसत ७ सय २० पटक खोजिन्छन् । मे महिनामा उनी सबैभन्दा बढी १३ सय पटक खोजिइन् ।
५) नवयुग श्रेष्ठ: नेपालले फुटबलमा पछिल्लो एक बर्षमा नेपालाई तीन उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका नवयुग औसतमा मासिक ७सय २० पटक खोजिएका थिए । पछिल्लो एक बर्षमा उनि सबैभन्दा धेरै फेब्रुअरी महिनामा ४ हजार ४ सय पटक खोजिमा परे ।
रिर्पोट- अक्टोबर २०१५ देखि अक्टोबर २०१६ सम्म
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]