3 years ago
March 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी गोपाल भण्डारीले अमेरिकाको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा स्वर्ण जितेका हुन् । गोपाल सहभागी समूहमा विभिन्न देशका आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
च्याम्पियनसिपमा नेपालका साथै भारत, पाकिस्तान, स्पेन, क्यानडालगायत एक दर्जन राष्ट्रको सहभागिता रहेको थियो । नेपालबाट गोपाल भण्डारीले मात्रै प्रतिस्पर्धा गरेका थिए । हरेक वर्ष आयोजना हुने च्याम्पियनसिपमा विश्वका एक हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
काठमाडौंको सीतापाइला तेक्वान्दो डोजाङमा लामो समयसम्म प्रशिक्षण सम्हालेका गोपालले अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्नुका साथै निर्णायक र प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएका छन् । उनी अमेरिकामा आयोजना हुने तेक्वान्दोका अन्तर्राष्ट्रिय सेमिनारहरुमा पनि सहभागी हुँदै आएका छन् ।
उनले गत नोभेम्बर १६ देखि २२ सम्म सिकागोमा सम्पन्न ८० औं अन्तर्राष्ट्रिय मास्टर्स तथा ३६ औं एक्जामिनर कोर्स उतीर्ण गरेका थिए । यस्तै गत डिसेम्बरमा अमेरिकाकै न्यु जर्सीमा भएको मेट्रो इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, टेक्सासमा जनवरी १४ र १५ मा भएको यूएस मास्टर्स कप, फ्रेब्रअरी १९ मा मेरील्यान्डमा भएको मेरुल्यान्ड स्टेट तेक्वान्दो च्याम्पियनसिपमा अफिसियल निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
गोपालले यही मार्च २६ मा रेस्टन भजिर्नियामा हुन लागेको नेसनल क्यापिटल ओपन तेक्वान्दो च्याम्पियनसिपमा पनि सहभागिता जनाउने भएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]