default_image

3 years ago

March 24, 2022

एपीएफ र गण्डकी मुख्यमन्त्री कप भलिबलको सेमिफाइनलमा

191 views

0 Bookmark

धनगढी (हाम्रा खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

बिहीबार टोली एपीएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै अनितम चारमा स्थान पक्का गरेको हो । एपीएफले सुदूरपश्चिममाथि २५–१३, २५–२० र २५–१२ को सहज जित निकाल्यो । एपीएफका टेकराज अवस्थी खेलको म्यान अफ दि म्याच घोषित भए ।

बिहीबार नै भएको अन्तिम क्वाटरफाइनलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सोझो सेटमा जित निकाल्यो । गण्डकीका कप्तान हरि पाण्डे खेलको म्यान अफ दि म्याच घोषित भए ।

शुक्रबार सेमिफाइनल खेल हुनेछन् । फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ तथा नेपाल पुलिस क्लब र गण्डकीबीच खेल हुनेछ । १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ , उपविजेताले २ लाख, तेस्रो हुने टोलीले १ लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदियमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.