default_image

3 years ago

March 23, 2022

सेना र सुदूरपश्चिम शीर्षस्थानमा

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा रहेका छन् ।

बुधबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । सेनाका रोमन राना र प्रदीप राजवंशीले समान ४–४ गोल, सुमितकुमार कामीले २ गोल र राजेन्द्र कार्कीले १ गोल टोलीका लागि गरे । खेलको म्यान अफ द म्याच सेनाका प्रदीप राजवंशी घोषित भए ।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ७–१ गोलअन्तरमा पराजित गरेको छ । सुदूरपश्चिमका महेश नेपालीले ३ गोल, सुरेशप्रसाद जोशीले २ गोल, केशव जोशी र दीपकराज जोशीले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको एक मात्र सान्तवना गोल मधेस प्रदेशका रञ्जन महतोले गरे । खेलको म्यान अफ द म्याच सुदूरपश्चिम प्रदेशका गणेश खगुना भए ।

त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ४–१ गोल अन्तरमा पराजित गरेको छ । लुम्बिनीका लागि सुरजकुमार घर्तीले २ गोल, योगेशकुमार बाँधारे र अद्नान अन्सारीले समान १–१ गोल गरे । प्रदेश १ का लागि एक मात्र सान्तवना गोल नरेश थापा मगरले गरेका थिए । खेलको म्याद द म्याद म्याच लुम्बिनी प्रदेशका सलमान शेख भए ।

नेपाली सेना र सुदूरपश्चिम प्रदेशले समान २–२ खेल जित्दै ६–६ अंकका साथ अगाडि रहेका छन् भने प्रदेश १ र बाग्मती प्रदेशको ३–३ अंक रहेको छ । चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल गण्डकी प्रदेश र बाग्मती प्रदेश दोस्रो खेल सुदूरपश्चिम र प्रदेश १ तथा तेस्रो खेल लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जानकारी दिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.