default_image

3 years ago

March 23, 2022

बविस र डेभिडको विजयी सुरुआत

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) का बविस थापा र नेपाल आर्मीका डेभिड थापा मगरले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार विजयी सुरुआत गरेका छन् ।

भक्तपुरको लिवालिस्थित कभर्डहलमा बविसले बीबीसीका प्रबुन चौलागाईंलाई २१–७ र २१–१० तथा डेभिडले धन्यन्तरीका बासु लामाबाट वाकओभर पाए ।

त्यस्तै कपिलवस्तुका अभय महराले भक्तपुरका प्रशान्त देसेमरुलाई २१–१० र २१–७ काठमाडौंका स्वयं महर्जनले १६ फेडरका अरुस सिम्खबाट वाकओभर, धन्यन्तरीका विकास कटुवालले रिभाइभका प्रसोबरत्न शाक्यलाई २२–२०, १४–२१ र २१–१७, आर्मीका प्रवीण लिङथेपले फेडरका प्रारम्भ सिम्खडाबाट वाकओभर तथा फेडरका अमन महर्जनले पीएफसीका अविनाश कार्कीलाई २३–२१, १८–२१ र २१–१७ ले हराए ।

भक्तपुर जिल्ला ब्याडमिन्टन संघद्वारा आयोजित प्रतियोगिताको यु–१५ ब्वाइज सिंगल्समा देवीनगरका सक्षम ढकाल, स्पोर्ट्स हबका सुनिल कार्की, बुटवल बीसीका कृष नेपाल, सूर्यदर्शनका आदित्य थारु, धन्यन्तरीका सुहम कार्की, कपिल्वस्तुका शिभम कसुन्धन, फेडरका अमन महर्जन, कपिल्वस्तुका सुविन श्रेष्ठ र अघिल्लो चरणमा प्रवेश गरे ।

यस्तै वाइसीबीसीका रिजन मगर, संखुवासभाका श्रीम्सा कटुवाल, कैलालीका प्रकाश उपाध्याय, भक्तपुरका आभाषविक्रम खड्का, स्पोर्ट्स हबका अनिश गुरुङ, भक्तपुरका कसिर नाखेत्रु, धन्यन्तरीका सत्यम कार्की, काठमाडौंका राजेन्द्र महर्जन, देवीनगरका अदिश कार्की, बेल्टार बीएका जनिश मगर, वाइसीबीसीका विल्सन राई, आनन्द पाख्रिन, धादिङका सलिन गुरुङ, सूर्यदर्शनका सक्षम राणा र कमप्लिट हेल्थका रिसब राईले सफल पाए । प्रतियोगिताको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले एक कार्यक्रमबीच उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रा शर्मा र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगिता सफलताका लागि शुभकामना दिए । आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले प्रतियोगिताले आगामी दिनमा पनि निरन्तरता पाउने बताए । आयोजक संघका उपाध्यक्ष नवीन प्रजापतिले प्रतियोगिता बारे प्रकाश पारेका थिए ।

प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । यु–१५ पुरुष-महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष-महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पार्ने छन् । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.