3 years ago
March 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुङफु संघ दक्षिणकाली शाखाको आयोजनामा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगिता शनिबार हुने भएको छ ।
दक्षिणकाली नगरपालिका र दक्षिणकाली नगरपालिका वडा ९, टल्कुको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभिन्न ७ टिमका १ सय १० खेलाडीको सहभागिता रहने आयोजक शाखा प्रशिक्षक शंकर बलामीले जनाएका छन् ।
सान्डातर्फ पुरुष-महिला सान्डा र थाउलोमा जम्मा १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर, सब–जुनियर र सिनियरमा प्रतिस्पर्धा हुने छ । १२ मध्ये १० स्पर्धामा उत्कृष्ट खेलाडी चयन गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजक शाखाका अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी गराए । एकदिने प्रतियोगिताका खेलहरु दक्षिणकाली नगरपालिकाको प्राङ्गणमा हुने छ ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]