default_image

3 years ago

March 23, 2022

प्रधानमन्त्री कप भलिबलमा दुई भारतीयसहित ६ टोली

185 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा दुई भारतीयसहित ६ टोलीको सहभागिता रहने भएको छ ।

बुधबार नेपालगन्ज रंगशालास्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पिएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले प्रतियोगिताको सबै तयारी पुरा भएको र यसपटक दुई भारतीय टोलीको सहभागिता रहने जानकारी गराए ।

प्रधानमन्त्री कप चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा हुने प्रतियोगितामा आयोजकसहित नेपालका चार र भारतका दुई टिमको सहभागिता रहनेछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् ।

गत वर्षको विजेता नेपाल एपिएफ क्लबले मुख्य खेलाडी चोटका कारण टोली बाहिर र केही खेलाडी सशस्त्र प्रहरी बल (एपिएफ) कै आन्तरिक प्रशिक्षणमा रहनुपर्ने भएपनि यसपटक सहभागिता जनाएको छैन ।

विगतका बर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुन गएको आयोजकले जनाएको छ । ‘प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्ज(बाँके) को चिनारीको रुपमा विकास गर्ने हाम्रो प्रयास हो ।’ मुल आयोजक समिति संयोजक लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमुनाले भनिन्–‘दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने हाम्रो लक्ष्य रहेको छ ।’

सम्पुर्ण खेलाडीको आवास तथा भोजन कोहलपुरस्थित सेन्ट्रल प्लाजामा व्यवस्थापन गरिएको छ । खेलाडीको बसोबास कोहलपुर तथा खेल सञ्चालन नेपालगन्जमा हुँदा पुरानो सहर नेपालगन्ज र उदाउँदो सहर कोहलपुरलाई भावनात्मक एकतामा जोड्ने अपेक्षा गरिएको अध्यक्ष ठकुरीले बताए ।

प्रतियोगितामा आवश्यक पोशाक युक्यान ब्रान्डको आधिकारिक बिक्रेता सिटिएलले उपलब्ध गराएको छ । आयोजक टिम लुम्बिनी युनाइटेडका लागि लिनिङ ब्राण्डको जर्सी सेट र युक्यान ट्रयाकसुट रहेको छ ।

पत्रकार भेटघाटमा प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, रुपैडिहा पत्रकार संघका अध्यक्ष शेरसिंह कसौधन, भलिबलका पुर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, नेपाली राष्ट्रिय टिमका पुर्व खेलाडी राकेशकुमार श्रीवास्तव, राखेप पुर्व निर्देशक जयन्त कुमार शर्मा, लुम्बिनी खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले पिएम कपको टिसर्ट सार्वजनिक गरे ।

आजै पिएम कप भलिबलको वेभसाइट www.pmcupvolleyball.com पनि लन्च गरिएको छ । यस प्रतियोगितालाई आईक्यासले डिजिटल पेमेन्ट पार्टनरका रुपमा रहेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश सरकार, युएनडिपी, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँ पालिका, बैजनाथ गाउँ पालिका सदा झैं सहयोगी रहेका छन् । नेपाल टेलिकम, नेपाल पर्यटन बोर्ड, क्युएफएक्स बागेश्वरी सिनेमा, दराज, दैनिक नेपालगन्ज, मिठो छ ट्रिट, फन्की क्याफे, नेपाली सेनाको भैरवप्रसाद गण, क्रियटिभ ह्याण्ड्स, द हिडेन ट्रेजर लगायत संघसंस्था छन् ।

मिस नेपाल नम्रता श्रेष्ठा यस प्रतियोगिताको सदभावना दुत रहेको यहाँहरुलाई अवगत नै छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले यस प्रतियोगिताको उद्घाटन गर्नछन् । समापनमा प्रदेश सरकार तथा राष्ट्रिय खेलकुद परिषदका कामु सदस्यसचिव कुल बहादुर थापा लगायत बिशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ ।

हरेक दिन दुई खेल सञ्चालन गरिनेछ । पहिलो दिन नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मी क्लबले खेल्नेछ । अर्को खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड हुनेछ । खेल मध्यान्ह १२ बजेपछि हुनेछ ।

नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.