3 years ago
March 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा विराटनगरमा सुरु भएको छ । मंगलबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले बाग्मती प्रदेशलाई १४–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । सेनाका रोमन रानाले ६ गोल, सुमितकुमार कामीले ५ गोल र राजेन्द्र कार्कीले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सेनाका सुमितकुमार कामी भए ।
दोस्रो खेलमा प्रदेश १ ले मधेस प्रदेशलाई १–० गोलअन्तरमा पराजित गरेको छ । खेलको एक मात्र निर्णायक गोल प्रदेश १ का कृष्ण तामाङले गरे । खेलको म्यान अफ द म्याच प्रदेश १ का नरेश थापा मगर भए ।
त्यसैगरी तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २–० गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका लागि दीपकराज जोशी र गणेश खगुनाले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका गणेश खगुना भए ।
चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । ०७५ सालमा झापामा भएको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो भने ०७६ मा विराटनगरमा सम्पन्न दोस्रो संस्करणमा लुम्बिनी प्रदेश ले गण्डकीलाई फाइनलमा टाइब्रेकरमा ५–३ गालेमा पराजित गरेको थियो ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरे । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरे, नेपाल काँग्रेस प्रदेश १ का सदस्य राजेश गुप्तालगायतले शुभकामना दिएका थिए ।
नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल गण्डी प्रदेश र नेपाल आर्मी, दोस्रो खेल मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश तथा तेश्रो खेल लुम्बिनी प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]