8 years ago
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) –नेपालका विमललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको पुरुष फिट्नेस फिजिक १७० सेन्टीमिटरसम्म उचाईमा चौथो भएका छन् । थाइल्यान्डको पतायामा जारी च्याम्प्यिनसिपमा विमलको स्पर्धामा विभिन्न ६ राष्ट्रका ७ खेलाडी प्रिजजिङमा सहभागी थिए ।
प्रिजजिङमा भारतका मंगेश गाउडी र चाइना मकाउका इयोङ वेङकुनलाई पछि पारी विमल शीर्ष ५ पाँच स्थानमा रहँदै फाइनलमा पुग्न सफल भए । विमलको स्पर्धामा सुरुमा बाँडिएको खेलाडी सूचीमा ९ खेलाडीले भाग लिने उल्लेख थियो । पछि कार्यक्रम उद्घोषकले इजिप्टदुई खेलाडीको नाम निर्णायक मण्डललाई हटाउन सूचित गरेपछि सात खेलाडीको अन्तिम सूची तयार गरिएको थियो ।
फाइनल चरणमा विमल पाँचौं स्थानमा प्रदर्शन गर्न आएका थिए । पदकबाट चुकेका विमलले फाइनलमा दक्षिण कोरियाका किम मिन वुलाई मात्र पछि पार्न सके । थाइल्यान्डकाद्वय वान्चाई कान्जानापिमिन र रत्चावत कापन्या क्रमशः पहिलो र दोश्रो भए भने इरानका शरोक कजेमी तेश्रो भए । दक्षिण एसियाली, एसियाली तथा विश्व शारीरिक सुगठन च्याम्पियनसिपको अनुभव बटुलिसकेका विमलले भारतको मुम्बईमा भएको छैटौं विश्व च्याम्पियनसिपको स्पोर्ट्स फिजिकमा रजत जितेका थिए । विमलले दुई दक्षिण एसियाली, एक एसियाली तथा अहिले सम्म तीन पटक विश्व च्याम्पियनसिपमा भाग लिइसकेका छन् । यसपटक दुई स्पर्धामा सहभागिता जनाएका विमलले शुक्रबार स्पोर्ट्स फिजिकमा भाग लिएका थिए । त्यसमा उनी प्रिजजिङ राउन्डबाटै बाहिरिए ।
शनिबारै नेपालका विनोद वज्राचार्यले स्पोर्ट्स फिजिकको १७५ सेन्टीमिटर उचाईमा भाग लिदै अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गरे । विनोद पनि प्रिजजिङ राउन्डमै सीमित भए । विनोदको स्पर्धामा विभिन्न ८ राष्ट्रका १५ खेलाडी सहभागी थिए । यससंगै प्रतियोगितामा नेपाली पुरुष खेलाडीको चुनौती समाप्त भएको छ ।
यसअघि शुक्रबार नेपालका अनिललाल श्रेष्ठले शारीरिक सुगठनको ६५ केजी र मास्टर्स ४० वर्षमाथि खेलेका थिए । अनिल दुवै स्पर्धामा प्रिजजिङ राउन्डबाट अगाडि बढ्न सकेनन् । अनिल समग्रमा छैटौं स्थानमा रहे । अब प्रतियोगिताको अन्तिम दिन आइतबार नेपालकी ननिता महर्जनले महिला एथलेटिक फिजिकको १६० सेन्टीमिटर उचाईमा खेल्नेछिन् । त्यो खेलनै नेपाली खेलाडीको अन्तिम खेल हुनेछ । चालू प्रतियोगितामा एक महिलासहित चार नेपाली खेलाडीले विभिन्न ६ स्पर्धामा भाग लिएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]