default_image

3 years ago

March 22, 2022

दीपेन्द्र लगातार डक आउट

299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीविरुद्ध डक आउट भएका छन् ।


१ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ६४ बलमा ४ चौका र १ छक्कासहित ५० रनमामा आउट भए । कुशलको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । तेस्रो नम्बरका ब्याटर आरिफ शेख ३८ रनमा अविजित छन् । उनलाई रोहित कुमार पौडेलले ५ साथ दिएका छन् । ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखेपछि आरिफलाई तेस्रो नम्बरमा ब्याटिङ गराएको हो ।
ओपनर आसिफ शेख २ रनमै आउट भए । चौथो ओभरको पहिलो बलमा आसिफलाई कावुआ मोरेआले बोल्ड आउट गरे । आसिफ आउट हुँदा नेपालले १० रन मात्र जोडेको थियो । त्यसपछि आरिफ र कुशलले दोस्रो विकेटका लागि ८७ रनको साझेदारीका साथ सहज जिततर्फ अघि बढाए ।
कुशल २२ औं ओभरको दोस्रो बलमा चाल्र्स अमिनीको बलमा स्टम्पिङ आउट भए । त्यसको एक बलपछि दीपेन्द्र चाद सोपरबाट शून्यमा आउट भए । दीपेन्द्र युएईसँगको दोस्रो खेलमा गोल्डेन डक आउट भएका थिए । दीपेन्द्र लगातार डक आउट भएका हुन् ।

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.