default_image

3 years ago

March 21, 2022

स्कुल बक्सिङमा दिप्सा र सोनम उत्कृष्ट मुक्केबाज

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अल्फा बक्सिङ क्लब दाङका सोनम पुन मगर र दमकका दिप्सा कांगवांग प्रथम अल नेपाल स्कुल ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगिताको उत्कृष्ट मुक्केबाज घोषित भएका छन् ।

सोनम ब्वाइजतर्फ तथा दिप्सा गल्सतर्फ उत्कृष्ट ठहरिएका हुन् । दुवै मुक्केबाजले आ–आफ्नो विधामा स्वर्ण जित्न सफल भएका थिए । उत्कृष्ट मुक्केबाज बनेका उनीहरुलाई बक्समाण्डुका सन्दिप श्रेष्ठले जनही १५ हजार रुपैयाँ प्रदान गरे ।

सातदोबाटोमा सोमबार भएको पुरुष ४३ केजी तौलसमूहमा अल्फा बक्सिङ दाङका सोनम पुन मगरले अछामका प्रविन टमटालाई पराजित गर्दै प्रथम स्थान हासिल गरे । पुरुष ४६ केजीमा कास्कीका निशान गुरुङले दमकका योगेश लिम्बुलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे ।

पुरुष ४९ केजीमा मैत्री स्कुल भक्तपुरका नविनतम खड्काले मकवानपुरका सिलेन वाईबालाई पराजित गर्दै स्वर्ण पदक हात पारे । ५२ केजीमा बाँकेका योगराज खत्रीले भुपु बक्सिङका समुन्द्र थापा मगरलाई पराजित गर्दै प्रथम हुन सफल रहे । पुरुष ५८ केजीमा भुपु बक्सिङ पोखराका शाहिल लिम्बुले धरानका सागर तामाङलाई पराजित गर्दै स्वर्ण पदक हात पारे ।

पुरुष ६१ केजीमा बक्समाण्डुका शेरप ग्याल्जेन शेर्पाले ईन्टरनेशनल फ्रेन्च स्कूलका आर्यमान रानालाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे । ३५ केजीमा मकवानपुरका अरुण सापकोटाले नक्सालका सक्षम लामालाई अंकको आधारमा पराजित गर्दै स्वर्ण जिते । पुरुष ३७ केजीमा अछामका रोहित जनालाले आर्यन क्लबका अमन थापालाई अंकको आधारमा पराजित गर्दै प्रथम हुन सफल भए । त्यसैगरी ४० केजीमा थानकोटका प्रकाश महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे ।

त्यसै गरी स्कुल बक्सिङको गल्र्सतर्पm ४० केजीमा दमकका दिप्सा कांगबांगले अछामकी लक्ष्मी शाहीलाई अंकको आधारमा पराजित गदैै स्वर्ण पदक हात पारिन् । ४६ केजीमा द एकसलेर स्कुलका प्रकृति थापाले दमकका कन्चर राईलाई पराजित गर्दै स्वर्ण पदक हात पारे । त्यसैगरी ४९ केजीमा नक्सालका दिव्या लिम्बुले दमकका पतिमा राईलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरिन् ।

६० केजीमा आर्यन फिटनेश बक्सिङ क्लबका अस्मिता केसी प्रथम, दमकका सुस्मिता लिम्बु द्धितिय र नक्सालका प्रतिमा थापाले तृतिय स्थान हात पारे । प्रतियोगिताको अन्तिम बाउट महिला ६३ केजीमा सिद्धार्थ बनस्थली इन्स्टिच्युटकी प्रिक्षा लामाले दमकका युना मगरलाई पराजित गर्दै स्वर्ण पदक हात पारे भने १२ वर्ष मुनिको ३० किलो तौलमा प्रदर्सन म्याचमा बोशिगाउका दिपशिखर महर्जन प्रथम तथा बक्समाण्डुका मनु मगर दोस्रो स्थान हात पारे ।

छनोटमा मिनु र भुपेन्द्र विजयी

थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ छनोट खेलको फाइनलमा त्रिभुवन आर्मी क्लबका मिनु गुरुङले एपिएफका सञ्जुुमाया थिङलाई पराजित गर्दै छनोट चरण पार गरेका छन् । भुपेन्द्र थापा मगरले जेनेक्सका मौसम राना मगरलाई पराजित गर्दैै छनौट चरण पार गरे ।

राखेप उपाध्यक्ष शिव कोईरालाले पदक विजेता खेलाडीसँगै सहभागि खेलाडीहरुलाई मेडल तथा सर्टिफिकेट वितरण गरे । समापन समारोहमा बोल्दै उपाध्यक्ष कोईरालाले राखेपका विभिन्न संघहरुलाई अनु््सासित बनाउन जरुरी रहेको प्रसंग उल्लेख गर्दै ऐतिहासिक खेल आयोजना गरेकोमा आयोजकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङले पछिल्लो समयमा यस खेललाई उचाईमा पुयाउन अहोरात्र मेहनेत गर्दै आएकोमा यस खेललाई सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे । स्कुल बक्सिङ प्रतियोगिता आयोजक संस्था खेलकुद प्रवद्र्धन संस्था नेपालका अध्यक्ष पुष्कर राजपन्तले अन्य मुलुकमा १८ वर्षमा विश्व च्याम्पियन भईसक्ने तर नेपालमा १८ वर्षबाट बक्सिङ शुरु गर्ने अवस्थामा यस विद्यालयस्तरीय बक्सिङ प्रतियोगिताले नयाँ आयाम थपेको र विद्यालयबाट एशियनमा पदक जित्दै ओलम्पिक सम्मको यात्रा तय गर्ने एउटा कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरले १३औं दक्षिण एशियाली खेलकुदमा स्वर्णपदक विजेता खेलाडीहरु ५४ केजीका मिनु गुरुङ, ६० केजीका भुपेन्द्र्र थापा मगरलाई जनही एक लाख हस्तान्तरण गरे । सोहि कार्यक्रममा नेपाल बक्सिङ संघका पुर्व अध्यक्ष उमेश मास्केलाई बक्सिङ खेलमा पु¥याएको योगदान स्वरुप सम्मान गरेका थिए ।

सोही अवसरमा आठौ सागमा स्वर्णपदक विजेताद्वय प्रकाश थापामगर र रामचन्द्र थापामगरका ममतामयी माता शुभद्रा थापामगरलाई पनि सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा देशभरीका २६ जिल्ला, स्कुल, तथा क्लबका ४८ जनापुरुष र महिलाहरुको सहभागिता रहेको थियो ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.