3 years ago
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नवनिर्मित प्रशासनिक भवनको सोमबार उद्घाटन गरिएको छ । राखेपको ५८ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भवनको उद्घाटन गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिएका छन् । मन्त्रालयले कार्यविधि बनाएर प्रतियोगिता संचालनको प्रक्रिया सुरु गरेको बताउँदै मन्त्री गहतराजले आगामी जेठको १५ भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी युद्धस्तरमा तयारी थाल्न आग्रह गरे ।
जेठ १५ गतेसम्म राष्ट्रिय प्रतियोगिता सम्पन्न भए त्यसलगत्तै एसियन गेमको तयारीकालागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी युद्धस्तरको तयारीमा लाग्ने योजनामा रहेको मन्त्री गहतराजले थपे । अदालतका कारण थुप्रै कठिनाईहरुको सामना गरिरहेकोतर्फ ईगिंत गर्दैै मन्त्री गहतले त्यसलाई चिरेर मन्त्रालय अघि बढ्न प्रतिवद्ध रहेको समेत प्रष्ट पारे ।
उद्घाटनअघि भवन निर्माणको जिम्मेवारी पाएको शिव शक्ति चक्रेश्वरी जेभीका प्रोप्राइटर रामेश्वर देउजाले राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापालाई भवन हस्तान्तरण गरेका थिए । प्रशासनिक भवन त्रिपुरेश्वरस्थित राखेप हातामै निर्माण गरिएको हो ।
पहिले उक्त स्थानमा खेलाडी छात्रावास, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्र, तालिम तथा प्रशिक्षण विभाग, सानलगायतका कार्यालयका संरचना थियो । २०७२ सालको विनाशकारी भूकम्पले उक्त संरचना जीर्ण बनाएपछि भत्काएर प्रशासनिक भवन निर्माण गरिएको हो । वार्षिकोत्सवका अवसरमा राखेपमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो ।
निमित्त सदस्य–सचिव कुलबहादुर थापासहित २५ वर्ष सेवा अवधि पूरा गरेका ८६ जनाले दीर्घ सेवा पदक पाए । २० वर्ष सेवा अवधि पूरा गरेवापत १ जनाले परिषद् सेवा पदक पाए । खेलकुद मन्त्री गहतराज, राखेप उपाध्यक्ष शिव कोइरालालगायतले उनीहरुलाई सेवा पदक प्रदान गरे ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]