default_image

2 years ago

March 21, 2022

बागमतीमाथि कर्णालीको सानदार जित

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले धनगढीमा जारी यू–१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशमाथि ९ विकेटको सानदार जित हात पारेको छ । जारी प्रतियोगितामा कर्णालीको लगातार दोस्रो जित हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै बागमतीले २० ओभरमा ७ विकेट गुमाउँदै ६७ रन बनायो । बागमतीको लागि हेलिसा गुरुङले ६० बलमा २ चौकासहित सर्वाधिक ३४ रनको योगदान दिइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीकी अञ्जिली थापा र बिना थापाले २-२ विकेट लिए ।

६८ रनको विजयी लक्ष्य कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा तृसना विश्वकर्मा ४४ बलमा ३ चौकासहित २२ रनमा अविजित रहिन् । किरण कुमारी कुँवर २८ बलमा २ चौकासहित १७ र शोभा शाहीले ३ रन बनाइन् ।

कर्णालले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३४ रनले हराएको थियो । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र बागमती समूह ए मा छन् । प्रदेश १, मधेश प्रदेश र गण्डकी समूह बी मा छन् ।

July 4, 2024

नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले रसियन खेलाडी सम्मिलित टोलीसँग घरेलु भुमिमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल र रसियन टोलीबीचको दुई मैत्रीपूर्ण खेल आगामी साउन ६ र ७ गते (जुलाई २१ र २२) त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल भलिबल संघले जनाएको छ । नेपालस्थित रसियन […]

July 3, 2024

राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । संघले साउन पहिलो सातादेखि माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै संघले एभरेस्ट भलिबल […]

July 1, 2024

अस्ट्रेलियामा मानबहादुर सर्वाेत्कृष्ट, टेकलाई दुई अवार्ड

मेलबर्न – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ग्लोबल मिट कप २०२४’ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नीलाई ग्लोबल मिट कप २०२४’ मा मानबहादुरकै अलराउन्ड प्रदर्शनमा म्याग्दी काली अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै मान बहादुरले १ सय […]

Success

Thank you for your time.