default_image

3 years ago

March 21, 2022

फुटसलको राष्ट्रिय टोली घोषणा

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप क्वालिफायर फुटसलको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।फुटसलका मुख्य प्रशिक्षक गौरव बस्नेतले २२ सदस्यीय टोलीबाट अन्तिम १४ सदस्यीय टोली घोषणा गरेका हुन् ।

अन्तिम चरणमा लक्ष्मण थापा, सुमित कुमार आले, विक्रान्त नरसिंह राना, धिरज जोशी, मिलन राई, प्रवेश जोशी, अमित लामा र मनोज गुरुङले स्थान बनाउन सकेनन् । प्रारम्भिक प्रशिक्षणमा ३२ खेलाडी रहेका थिए । त्यसपछि दोस्रो चरणमा २२ खेलाडी प्रशिक्षणमा रहेका थिए ।

एएफसी फुटसल एसियन कप छनोट चरणको खेलहरु १ देखि १५ अप्रिलसम्म किर्गिस्तानमा हुँदैछ । छनोटमा समूह ‘बी’ नेपालसहित उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् । नोलले १० र १२ अप्रिलमा खेल्ने तालिका छन् ।

समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् । प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन् । यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पुर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन् । आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ ।

अन्तिम टोली
गोलरक्षक –
अनिष श्रेष्ठ र विश्वास पौडेल
फिक्सो – विजय श्रेष्ठ, सरोज तामाङ र सुरज गुरुङ
एला – आदिल हामिद, क्रिजल खड्का, मणि कुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ र उर्केन शेर्पा
पिभोट – हेमन्त गुरुङ, खिमराज गुरुङ र किशोर गुरुङ

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

December 22, 2024

सिड्नीमा महिला तथा पुरुष भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]

December 20, 2024

ओमानलाई हराउँदै कुवेत फाइनलमा

एजेन्सी – ओमानमा जारी गल्फ टि ट्वान्टी आई च्याम्पियनसिपमा घरेलु टोलीलाई हराउँदै कुवेतले फाइनलमा स्थान बनाएको छ । शुक्रवार भएको खेलमा कुवेतले ओमानलाई ३ विकेटले हराउँदै शनिवार हुने फाइनलमा युएईसँगको भेट पक्का गरेको हो । ओमानले दिएको १ सय ४४ रनको लक्ष्य कुवेतले ७ विकेट गुमाएर १९.३ ओभरमा पूरा गर्यो । त्यसअघि टस जितेर पहिले […]

Success

Thank you for your time.