3 years ago
March 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सुशिल थापाले थाइल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ छनोट सेमिफाइनलमा यचटुओका रबिन थापालाई ५ः० अंकको आधारमा पराजित गरी फाईनलमा प्रवेश गरेका छन् ।
सोही तौल समुहमा बक्समाण्डुका लक्ष्मण राईले सुर्खेतका मोहन गुरुङलाई अंकको आधारमा पराजित गरे । वैल्टर वैट ६३ किलो तौल समुहमा नेपाल प्रहरीका भुपेन्द्र थापा र जेनेक्सका मुस्कान राना मगरसँग फाइनलमा भेट पक्का गरे । थापाले थानकोटका मनिश श्रेष्ठलाई र मुस्कानले रामेछापका सुरेश कुमार भोलानलाई हराए ।
छनोटकै महिलातर्फ वैन्टम वैट ५४ किलोग्राम तौल समुहमा मिनु गुरुङले बाँकेका माया क्षेत्रीलाई पराजित गदैै एपीएफकी सन्जुमाया थिङसँग फाइनलमा भिडन्त पक्का गरिन् । सन्जुले थानकोटका सुशिला भोलानलाई अंकको आधारमा पराजित गरिन् । त्यसैगरी महिलातर्फकै फेदरवैट ५७ किलो तौल समुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मिता राईलाई पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरिन् ।
फस्ट अल नेपाल स्कुल व्वाय एण्ड गल्र्स बक्सिङको सेमिफाइनलमा ३५ किलो पुरुषतर्फ नक्सालका सक्षम लामाले बक्समाण्डुको प्रवेस उपाध्यायालाई अंकको आधारमा पराजित गरे । सोहि तौल समुहमा मकवानपुरका अरुण सापकोटाले बक्समाण्डु बीका दिपक बोहरालाई एबीडीको आधारमा पराजित गर्दै फाईनलमा प्रवेश गरे ।
पुरुष ४९ किलो तौल समुहमा मात्रृभूमी मावि भक्तपुरका नविनतम खड्काले कास्कीका आकाश बोहरालाई अंकको आधारमा पराजित गरी फाईनलमा मकवानपुरका सिलेन वाईबा संग भिडन्त पक्का गरे । सिलेनले नक्सालका सिद्धार्थ श्रेष्ठलाई अंकको आधारमा पराजित गरेका थिए ।
त्यसैगरी पुरुष ५२ किलो तौल समुहमा भुपु बक्सिङ पोखराका समुन्द्र थापा मगरले कास्कीका अंशुल रोकायालाई पराजित गरे । सोहि तौल समुहमा बाँकेका यज्ञराज खत्रीले नक्सालका प्रितम महर्जनलाई अंकको आधारमा पराजित गर्दैै फाईनलमा समुन्द्रसँग भेट पक्का गरेका छन् ।
त्यसै गरी पुरुष ५८ किलो तौल समुहमा भुपु बक्सिङ पोखराकै साहिल लिम्बुले मेरिडियन स्कुलका रिजूल निरौलालाई पराजित गरे । पुरुष ६१ किलो तौल समुहमा बक्समाण्डुका सेरप गेल्चेन शेर्पाले उदयपुरका रोजन मगरलाई अंकको आधारमा पराजित गरे ।
त्यसै गरी स्कुल बक्सिङको गल्सतर्फ४० किलो तौल समुहमा दमकका दिप्सा कांगबांगले अछाम किनिशा नेपालीलाई पराजित गरे । सोहि तौल समुहमा अछामकी लक्ष्मी शाहीले बाँकेकि रेविका सुनारलाई अंकको आधारमा पराजित गरे स्कुल गल्र्स तर्पmकै आर्यन क्लब ललितपुरकि आस्था केसीले नक्सालकि क्रिस्टिना थापालाई पराजित गरे ।
स्कूल व्वाय एण्ड गल्र्स प्रतियोगिताअन्तर्गतमा आजै भएका फाईनल खेलहरुमा पुरुषतर्फको ३७ किलो तौल समुहमा अछामका रोहित जनालाले आर्यन क्लब ललितपुरको अमन थापालाई पराजित गरी प्रथम स्थान हासिल गरे ।
४० किलो तौल समुहमा थानकोटका प्रकट महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् । त्यसै गरी ४३ किलो तौल समुहमा अल्फा बक्सिङ दाङका सोनम पुनमगरले अछामका प्रविन टमटालाई पराजित गर्दै प्रथम स्थान हासिल गरे । आजै भएको पुरुष ४६ किलो तौल समुहमा कास्कीका निशान गुरुङ्गले दमकका योगेश लिम्बुलाई पराजित गदै स्वर्ण पदक हात पारे ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]