3 years ago
March 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष टोलीले बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा जित हात पारेको छ ।
नेपालले इन्डोनेसियालाई ४७–१८ ले पराजित गरेको अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जनाएका छन् । नेपालका प्रदीप मिजार ‘म्यान अफ द म्याच’ चुनिए । उनले १० हजार टाका नगद पुरस्कार पाए ।
बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिताका लागि १० पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली टोली गत बिहीबार बंगलादेश प्रस्थान गरेको थियो । खेलाडीहरुमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रन्जित गज्मेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव रहेका छन् ।
प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अर्विन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखियाँ तथा जजमा विनोद प्रजापति छन् । प्रतियोगिता मार्च १६ देखि २५ तारिखसम्म हुने छ ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]